काठमाडौँः धादिङको कृष्णभिरमा पृथ्वी राजमार्गअन्तर्गत नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म ट्र्याक खोल्ने काम पूरा भएको हो । ट्र्याक निर्माण सम्पन्न भएसँगै भोलिदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ । भदौ १४ गते त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएको थियो । भदौ २८ गते केही हेभी सवारीसाधन गुडाएर नयाँ ट्र्याकको परीक्षण गरिए पनि निर्माण कार्य पूर्ण नभएकाले नियमित सवारी सञ्चालन गर्न दिइएको थिएन ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आउजाउ गर्ने ठूला तथा साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।





