सुनको भाउ फेरि बढ्यो, तोलामा ३६ सय रुपैयाँले महँगियो


काठमाडौँः सुनको भाउ शुक्रबार प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले बढेको छ। बिहीबार ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ पुगेको छ ।