दिउस ह”त्या प्र”करण: आ”रोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन् परिवारले


उर्लाबारी । गत कात्तिक १३ गते छठ पुजामा ह”त्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि मनमा पुनः त्यही घ”टना स्मरणमा आउँछ। पीडा बल्झिन्छ अनि फेरि रुन थाल्छिन्। तस्बिर हेर्छिन टोलाउँछिन्। सुभद्रालाई थाहा छ आफ्नो छोरा अब कहिले घर फर्किने छैनन्, आँगनमा खेल्दै गरेको देख्न पाइँदैन। एउटै आशा भनेको दोषीमाथि का”रबाही होस्।

कल्पना समेत नगरेको घटना सुभद्रा र धनबहादुर श्रेष्ठको घरमा घ”ट्न पुगेको थियो। दमक-१० नलबारीका दियुसको उर्लाबारी-७ स्थित मावा खोलामा छठ पूजा हेर्न जाँदा ह”त्या भएको थियो। उनलाई पाँच जनाले पूजामा छु”रा प्र”हार गरेका थिए। दियुसको उपचारका क्रममा बिएण्डसी अस्पतालमा विर्तामोडमा मृ”त्यु भएको थियो। ‘मन बुझाउने ठाउँ नै छैन,’ आमा सुभद्राले आँखाभरि आँ’शु पार्दै भनिन्, ‘मेरो छोरा मार्ने सबैलाई छोडिदिएर एक जनालाई मात्र थुनामा राखिएको छ।

‘विर्तामोड लाने क्रममा त्यसबेला मलाई छु”रा हा”न्ने मानिसको नाम भनेको थियो,’ सुभद्राले भनिन्, ‘छोराले भनेको कुरा प्र”हरीसमक्ष जानकारी गराएकी थिएँ। प्र”हरीले मलाई तपाईंको कुरा अनुसन्धानमा राख्छौं र अपराधीलाई कारबाही गरी जसरी नि न्याय दिलाउँछौ भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। तर त्यसको ठिक उल्टो भयो हामी झनै अन्यायमा पर्‍यौं।’
‘म निवेदक छोराको मृ”त्युको समयमा शोकमा रहेकोले प्र”हरीकोमा जान नसके पनि परिवारका मानिसहरूले पटक-पकट प्र”हरीलाई भेटी अनुसन्धान प्रक्रियाको बारेमा बुझिरहेका थियौं,’ सुभद्रा भन्छिन्, ‘तर प्रहरीले म र मेरो परिवारलाई जानकारी नै नदिई प्र’हरीले कमजोर अनुसन्धान गरेछ।’

छोरालाई मार्नेहरू अहिले खुलेआम घुमफिर गरी ‘धाकधम्की’ दिनुले आफूहरू अन्यायमा परेको सुभद्राले गुनासो गरिन्। मावा खोलामा दियुसलाई सरोज बस्नेत, सनिस याख्या, विकास तामाङ, मञ्जिल माझी, सपन खत्री भएर छठ पूजा हेर्न जाँदा अन्धाधुन्ध छुरा हानेका थिए। त्यसपछि घाइते भएका दियुसलाई एकैपटक बुवाआमाले गोदाबरी अस्पताल उर्लाबारीमा उपाचारका क्रममा भेटे। त्यहाँ उपचार हुन नसकेपछि दियुसलाई विर्तामोडस्थित बिएण्डसी लगिएको थियो।

कमजोर अनुसन्धान प्रतिवेदन तथा कमजोर मिसिल तयार गरी जिल्ला अदालतमा बुझाइएको दा’बी शुभद्राको छ। अदालतले अभियुक्तलाई थुनामुक्त गरेको र गाउँ घुमेको देख्दा मात्र आफूहरूलाई जानकारी भएको उनले बताईन्। उनले अभि”युक्तहरू थुनामुक्त हुँदा आलो घा”उमा नुनचु”क छर्केजस्तै पी”डा भएको बताइन्। उनले भनिन्, ‘छोराले मृ”त्यु हुनु अगाडि च्यान्टेसहित चार जनाले छु”री हानेको बताएको थियो, त्यही कुरा प्र”हरीलाई जानकारी गराउँदा पनि कमजोर मिसिल बनाएर ह”त्याका अ”भियुक्तहरूलाई उन्मु”क्ति दिने काम भएको छ।

१४ वर्षीय बालक दियुस श्रेष्ठ कक्षा ८ मा पढ्दै थिए। गत वर्ष माघ-फागुनदेखि मात्रै उनी बेलबारीस्थित दिदीको घरमा बसेर पढ्न थालेका थिए। कक्षा ७ सम्म उर्लाबारीकै भृकुटी बोर्डिङ स्कुल पढेका थिए। दिदी दीपिकाको घर बसेर पढिरहेका उनी कात्तिकमा भाइटीकाको दुई दिनअघि मात्रै घर आएका थिए। १० गते भाइटीका सकियो। उनी १२ गते इटहरीस्थित ठूलीआमाको घर हिँडेका थिए। ठूलीआमाको घर हिँडेका दियुस सकुशल घर फर्किनै पाएनन्। ‘ठूलीआमाको घर हिँडेको’ बोली नै बुवाआमाले अन्तिम सुन्न पाए।

‘खसी-बाख्रा मार्न त एकजनाले सम्भव हुँदैन, मान्छे पो त। मेरो छोरा मार्ने सबैलाई कारबाही हुनुपर्छ,’ धनबहादुरले भने, ‘छोरो मरे पनि उनको ह”त्या गर्नेलाई कारबाही भएर आत्माले शान्ति पाउँछ न्याय पाउने थियौं भनेको तर यहाँ खेलो अर्कै भइसकेको रहेछ।’ आफूहरुलाई थुनाबाट छुटेकाहरूले बाहिर घुमफिर गरी खुलेआम धा”कधम्की दिने गरेको धनबहादुरले बताए। उनले मुद्दाको अनुसन्धानमा संलग्न रही अ”पराधीकै पक्षमा प्रतिवेदन तथा मिसिल तयार पारिएको भन्दै त्यस्ता कर्मचारीहरूमाथि छानबिन गरी कारबाही गर्न र हत्यामा संलग्नलाई कानुन बमोजिम का’रबाही गर्न माग गरेका छन्।

च्यान्टे भनिने सन्देश खवासका बुवा सन्तोष खवासले पनि पैसाको चलखेलमा अन्यलाई उन्मुक्ति दिएर आफ्नो छोरालाई मात्रै थुनामा राखेको बताए।‘कु”टपिट गरेर एक्लैले मारेको भन्न लगाइएको रहेछ,’ उनले भने, ‘दोषीहरूलाई का”रबाही हुनुपर्छ, कसैलाई उन्मुक्ति दिनु हुन्न। तर, मेरो छोरा च्यान्टे भनिने सन्देश खवासबाहेक सबै धरौटीमा रि”हा भएका छन्।’
दियुसका बुवा धनबहादुरले आफ्नो छोराको ह”त्यामा एक जनालाई मात्र थुनामा राखेर अरूलाई उन्मुक्ति दिन नहुने बताए।

उनले थप अनुसन्धान गरी अप”राधीलाई सजाय दिलाउन र पी”डितलाई न्याय दिलाउने सम्बन्धमा जिल्ला प्रहरी कार्यालयसहित बोदार्थ जिल्ला सरकारी कार्यालय मोरङ, माहान्याधिवक्ताको कार्यालय कामाठाडौं र प्र”हरी प्रधान कार्यालय नक्सालमा उजुरी गरिएको बताए। दियुस ह”त्याका पाँच जना प्रतिवादीमध्ये च्यान्टेबाहेकका चार जनालाई जिल्ला अदालत मोरङले हालै ध”रौटीमा रिहा गरेको थियो। सरकारी वकिल उक्त ह”त्याबारे उच्च अदालतमा निवेदन दिने तयारीमा छ। दियुस भन्थे – म एसइई सकेपछि नेपाली सेनामा जान्छु। ‘सेनामा जागिर खाएर देशको सेवा गर्ने भन्थ्यो,’ शुभद्राले दु:खी हुँदै भनिन्, ‘खोई के भन्नु सबै यस्तै हुन जुरेको रहेछ। Urlabarinews.com