ओलीले संसदमा भवनमा रविको न्याएको लागि बोल्दै भनेः संसद भवनको ढोका खुला देखेर रवी लामिछाने फुत्त भित्र छिर्नु भएको हैन । उहाँले चुनावमा अध्याधिक मतले विजय भएर यहाँ आउनु भएको हो । अहिले रवी लामिछानेलाई न्याए भएको छैन म अदालतको आदेश मान्छु तर यो निर्णय प्रति सन्तुष्ट छैन । आज नागरिता मिलेन भनेर पद खोसिदिने, भोलिपल्ट फेरी नागरिता दिएर पठाउने यो कस्तो खालको नियम हो त रु रवी लामिछानेको पद गुमेर कस्ले न्याए पायो त ? मैले न्याए पाएको त देख्दिन ?उनले अदालतलाई प्रश्न सोधे । आज केहि बेरमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले जनताहरुमाझ सिधा कुरा गर्दै छन् । गृहमन्त्री रहँदा आफुले थुप्रै राम्रा कार्यहरुको थालनी गरेको र ति कामहरुलाई पुर्णरुप दिनका लागि आफलेु सोही पद पुनः पाउनुपर्छ भन्ने उनको अडान छ ।
रासोपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आज सरकारमा जाने कि नजाने बारे निर्णय गर्नेछ । त्यसलगत्र्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गरी सिधा कुरा गर्ने सभापति लामिछानेले सामाजिक सञ्जाल मार्फत बताएका छन ।
उनले लेखेका छन्, “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ ।त्यस लगत्तै पार्टि कार्यलयबाट आज म बिशेष पत्रकार सम्मेलन गर्दैछु । म चाहान्छु सिंगो देश र बिदेशमा रहनुहुने सबैले आजको पत्रकार सम्मेलन हेरुन् ,सुनुन् मैले सिधा कुरा नगरेको धेरै भएछ ।”,
दर्शकबृन्द्य ,पछिल्लो समय पत्रकारिता छोडेर राजनितीमा पाइला टेकेको निकै थोरै समयमा सांसद र मन्त्री भएका या भनौ राजनितीमा निकै छोटो समयमा छलाङ मारेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानले २०७९ असारमा पार्टी गठन गरेका थिए , लामिछाने मंसिर ४ गतेको चुनावमा चितवन २ बाट प्रतिनिधीसभा सदस्यमा बिजयी भए । त्यसैगरी पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएका लामिछाने ३२ दिनमै उनले आफ्नो पद गुमाउनुपर्यो ।
लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामा उनले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पुरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने आदेश दिएपछि उनको पद रिक्त भएके थियो ।उक्त आदेशको पालना गर्दै रविले पर्सीपल्ट आइतबारका दिनै जिल्ला प्रशासन कार्यलय पुगी प्रक्रिया अनुसार पुनः पुरानै नागरिकता कायम गराई कानुनी रुपमा नेपाली नागरिक भएका थिए ।