प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन्।
सोमबार काठमाडौंको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानबिनका लागि छिट्टै आयोग गठन गरिने बताएका हुन्।
‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौं कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानबिन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौं,’ उनले भने,‘मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं।’
सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानबिन हुनुपर्यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्ने उनले बताए।
‘तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्। हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन। भ्रष्टाचारको छानबिन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्ड भन्छन्ः ‘भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउँछौं’