नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपाल च्याम्पियन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।
उनले ट्विट गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले एसीसी प्रिमियर कप क्रिकेटमा एसिया कप विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।
युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो।
गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए।
त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए।
कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे।
ओपनर कुशल भुर्तेललाई १।२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दीए बधाई,सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता
नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपाल च्याम्पियन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।
उनले ट्विट गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले एसीसी प्रिमियर कप क्रिकेटमा एसिया कप विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।
युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो।
गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए।त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए।