राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बझाङका भूकम्प प्रभावितलाई टेण्ड लगायतका अत्यावश्यक सामाग्री सहयोग गरेका छन् । लामिछानेले स्थानीय प्रशासन मार्फत भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि टेण्ड उपलब्ध गराएका हुन् । बझाङबासीका समस्यालाई केन्द्रसम्म पु¥याउन आफुले सक्दो कोशिस गर्ने लामिछानेले बताएका छन् ।
साथै भूकम्प प्रभावितलाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । भूकम्प प्रभावित बझाङका कैयौं परिवार अस्थायी आवासमा छन्। तिनको उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दो प्रयास गरेका छन्। तर, त्यो मात्र प्रयाप्त नहुन सक्छ।
त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयोग गर्न हुन आव्हान गर्दछु। आज दिनभर प्रभावित ठाउहरुमा पुग्नेछु। यस्तो दुखमा पनि हासेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुख केन्द्र सम्म लैजाने इमानदार कोशिस गरिरहनेछु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

 
            