इजरायलबाट थप १८ जना नेपाली स्वदेश फर्किँदै

Microlink Media

१ कार्तिक २०८०, बुधबार


इजरायलबाट थप १८ जना नेपालीहरु नेपालका लागि प्रस्थान गरेका छन् ।
तेल अविवस्थित नेपाली राजदूतावासका अनुसार स्वदेश फर्कनेहरुमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु रहेका छन् ।
उनीहरु बेन गुरियन इन्टरनेशनल एअरपोर्टबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको स्पाइसजेट एअरलाइन्सको उडान नं एसजी ९९९६ बाट भारतीय दूतावाससँगको समन्वयमा भारतको राजधानी नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको दूतावासले जनाएको छ । दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने जनाएको छ ।


सो घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २र३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको दूतावासले जानकारी दिएको छ ।