महाकाली नदीमा खसेर १५ वर्षीया किशोरी बेपत्ता



काठमाडौँः दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी हुन् ।

घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा उनी नदीमा खसेको दृश्य देखिन्छ । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार नदीमा बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको छ ।