अमृता के सी , दाङ १ भाद्र साउन । प्यूठानमा अामाले अाफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् । जिल्लाको सरुमारानी – १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्मा अधिकारीको घाँटी थिचेर हत्या गरेको स्थानियले बताएका छन् ।
मानसिक सन्तुलन बिग्रिएको बताइएकी उनले आईतबार सांझ छोरीको हत्या गरेको बताइएको छ । छोरीको हत्या गरेको अभियोगमा प्रहरीले अामालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।