अमेरिकामा सडक दु’र्घटनामा कास्की हेम्जाका ३२ वर्षीय मनोज थापाको निधन भएको छ । न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुसार आफ्नो गाडीलाई अर्को गाडीले ठ’क्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठ’क्कर दिएको थियो। taja khabar
यस्तै-युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृ”त्यु भएको भएको छ । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आ”क्रमण गर्दा ६३ जना रूसी सैनिकको मृ”त्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको हो । मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा युक्रेनको सेनाले चार वटा क्षेप्यास्त्रले आ”क्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा आ”क्रमण गरेको अनुमान गरिएको छ । रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी एकको राति एक बजेतिर आ”क्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् ।