विराटनगर महानगरपालिका–४ स्थित साथीको घरमा पाहुना आएका एक जना युवकको सोमबार राति मृ”त्यु भएको छ । विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृ”त्यु भएको प्रहरीले जनाएको छ । यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए । अचानक बे”होस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृ”त घोषित गरेको प्र’हरीले जनाएको छ ।
यादवको मृ’त्युको कारण खुल्न बाँकी छ । उनी लागूऔषधका सेवनकर्ता रहेको दाबी प्रहरीको छ । लागूऔषधको मात्रा धेरै भएर मृ”त्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार शव पो”स्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ । यस्तै-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लास्थित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक डाकेका छन्।
गृहमन्त्रीका निजी सचिव दिपक बोहोराका अनुसार देशैभरको शान्ति र सुरक्षाको अवस्था बुझ्नका लागि भर्चुअल बैठक राखिएको हो। यो नियमित काम नै हो। जनताको शान्ति तथा सुरक्षा व्यवस्था सहज बनाउनका लागि गृहमन्त्रीले पहल गर्नुभएको छ’, उनले भने। मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि भर्चुअल बैठक राखेका हुन्। जसमा ७७ वटै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता हुनेछ।