निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीलाई तीन वर्ष कै’द फैसला


बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई ला’गुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कै”द फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागु औ”षधसम्बन्धी क”सुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

निसीखोला –६ को वडाध्यक्ष हुँदा वि.सं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट प”क्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा/चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रह”री कार्यालय बुर्तिवाङका प्र”हरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै प”क्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्षघर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मु”द्दा दर्ता भएको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए। – रासस

यस्तै-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लास्थित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक डाकेका छन्। गृहमन्त्रीका निजी सचिव दिपक बोहोराका अनुसार देशैभरको शान्ति र सुरक्षाको अवस्था बुझ्नका लागि भर्चुअल बैठक राखिएको हो। यो नियमित काम नै हो। जनताको शान्ति तथा सुरक्षा व्यवस्था सहज बनाउनका लागि गृहमन्त्रीले पहल गर्नुभएको छ’, उनले भने। मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि भर्चुअल बैठक राखेका हुन्।

जसमा ७७ वटै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता हुनेछ। यस्तै- इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले आइतबार नयाँ मूल्यसूची पठाएको छ। आइतबार प्राप्त भएको नयाँ मूल्यसूची अनुसार मट्टितेलबाहेक अन्यको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ।

पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा प्रति लिटर २.९५ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ ले बढेको बढेको र मट्टितेलमा केही घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँ घाटा भई पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ९९ करोड नाफा हुने अवस्था निगमले जनाएको छ।

निगमले ईण्डियन आयल कर्पोरेशलाई जनवरी ८ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी अझै पनि करिब १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ।