सरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृ”त्यु भएका सन्दीप ऐरी र चेतन ऐरीको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गो”ली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृ”त्यु भएको थियो।
४ गते साँझ त्रिवेणी–७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कु”टपिटबाट मृ”त्यु भएको थियो। यसैगरी सरकारले पोखरा विमानस्थलमा भन्सार कार्यालय र जनशक्ति राख्न संगठन तथा व्यवस्थापन सर्वे गर्ने निर्णय गरेको छ। यो पनि-नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस २४ गते आइतबार काठमाडौं आउने भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आउन लागेका हुन्। यसअघि उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ चिनियाँ राजदूत पर्सी आइतबार नेपाल आउने पुष्टि गरे। उनका अनुसार नेपाल आएपछि नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टीनमा बस्नेछन्। चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।
नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन्लाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।