गुल्मी मुसिकोटका ३० बर्षिय घिमिरेको पोर्चुगलमा असामयिक नि’धन


पोर्चुगलमा पुनः एक पछि अर्को नेपालीको नि’धन भएको छ।गुल्मी मुसिकोटका बाबुराम घिमिरेको जनवरी ४ तारीखमा असामयिक नि’धन भएको हो। ३० बर्षिय घिमिरे विगत ४ बर्षदेखी पोर्चुगल बस्दै आइरहेका थिए।पोर्तोको एक रेस्टुरेन्टमा काम गर्दै आइरहेका घिमिरेको अचानक मृ’त्युको खबरले सम्पूर्ण नेपाली समुदाय तथा गुल्मीबासी स्तब्ध भएका छन्। पोर्चुगलमा कामको समस्या ,आर्थिक उन्नतिमा बाधा तथा घरपरिवारको अपेक्षालाई पूरा गर्न नसक्दा कतिपय नेपालीमा नैराशयता एवं मानसिकरुपमा समस्या देखिने गरेको छ।

बाबुरामको हकमा पनि अपेक्षा र आवश्यकता पूरा गर्न नसक्दा उनी आत्मह”त्या सम्म पुगेको हुन सक्ने उनका निकटस्त साथीहरु बताउछन्। मृ’तकको शव ब्यबस्थापनका सन्दर्भमा गुल्मीसमाज पोर्चुगलले आर्थिक सहयोगका लागि विशेष अपिल गरेको छ। समाजका वरिष्ठ उपाध्यक्ष अमृत रिजालका अनुसार जति सक्दो आर्थिक सायता जुटाएर शब ब्यबस्थापनका लागि तयारी गरिएको छ।सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासिलाई एकताबद्ध भएर सहयोग गर्न विशेष आग्रह गरेका छन्। रकम जम्मा गर्न चाहनेका लागि खाता निम्न रहेको छ। खाता नम्बर :PT50003300004548441239705

यो पनि-रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामे रहेका छन्। ग’म्भीर घा’इते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृ’त्यु भएको हो। वुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ।

यो पनि-नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। शनिबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भेटमा दुई पार्टीबीचको एकता प्रक्रियाका विषयमा छलफलल भएको छ। दुई शीर्ष नेताको भेटमा सहभागी नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले समसामयिक राजनीति लगायत विविध विषयमा अन्तरङ्ग छलफल भएको बताए।

बालुवाटार मा भएको भेटमा पार्टी एकताको मोडेल, विश्वासको मतका लागि राम्रो वातावरण बनाउने लगायतका विषयमा छलफल भएको थियो। पार्टी एकतालाई मूर्त रुप दिन नेकपा माओवादी केन्द्रले आफ्नो पदाधिकारी बैठकबाट औपचारिक रुपमा अघि बढाउने भएको छ। पार्टी एकताको विषय अघि बढेको र कार्यगत एकताका विषयमा कुराकानी भइहेको र पार्टीको नामका विषयमा पनि दुई दलबीच परामर्श भइरहेको नेताहरूले बताएका छन्।