फिदिम नगरपालिका वडा नं.- ८ घुमाउनेटार निवासि मेघ बहादुर गुरूङकाे घरमा मिति२०७९साल पौष १८ गते राती १२:४५ बजे विधुत सटभइ आ’गलागी हुदा मेघबहादुरको कान्छी छोरी ममता गुरूङ तथा कान्छि बुहारी अाशासिड थेबे गुरूङकाे ज’लेर दु’खद नि’धन भएकाे छ । घरमा ७ जनाकाे परिवार रहेकाेमा ५ जनाकाे उद्वार गरि प्राथमिक उपचार गरिएकाे छ । फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्याैपाने, प्रमुख जिल्ला अधिकारी गणेश गैरे,dsp हरि खतिवडा , सुरक्षाकर्मी सहितकाे टाेलि स्थलगत अवस्थामा पुगि दमकलकाे सहायताले विहान ४ बजे अागाे नियन्त्रण गरिएकाे छ ।
सो आ’गलागीबाट २ जनाको मानविय क्षती भएको छ भने नगद ७ लाख,सुनचॉदी ,अन्न,लताकपडा,टेलिभिजन सहित करीव ५० लाखको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ / यसैविच आजै विहान आगलागी पि’डित परिवारलाइ पुर्व रानिटार गाविस उपाध्यक्ष भुविक्रम गरुडको घरमा राखिएको छ भने फिदिम नगरपालिका कार्यलयको तर्फबाट नगरप्रमुख मित्र काफ्लेले प्रारम्भिक राहतस्वरुप २५ हजार रुपैयॉ , चामल,चिनी,खानेतेल,नुन,सावुन पिडित परिवारलाइ हस्तान्तरण गर्नु भएको छ
यसैगरी पॉचथर उद्योग बाणिज्य संघले चामल,दाल,तेल,मुरै एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पॉचथरको तर्फबाट राहत सामग्री सेट रेडक्रस शाखाका अधिकृत गुरु तिमल्सेनाले घटना स्थलमै पुगी राहत वितरण गर्नु भएको छ भने जिल्ला प्रशासन कार्यलको तर्फबाट मृतकका परिवारलाइ २ लाख सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द गैरेले जानकारी दिनुभएको छ / यसरी आगलागी पिडित परिवारलाइ थप राहतको ब्यवस्था गर्न वडाअध्यक्ष सोमबहादुर गुरुडको नेतृत्वमा काम सुरु गरिएको छ
स्रोत: Ramprasad banskota
यो पनि-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन्। पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यो सरकारलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए। सम्बोधनका क्रममा ओलीले भने, ‘प्रचण्डलाई विश्वासको मत दिनुहोला। विश्वासको मत दिने दिन समयमै उपस्थित हुनुहोला। यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं। यो सरकारलाई उपयुक्त गाइड गर्न चाहन्छौं। यो सरकारले भ्र”ष्टाचार नगरोस्।
भ्र’ष्टाचार नसहोस्। यो सरकारले सुशासन र समृद्धिलाई जोड दिओस्। हामी सबै लागेर सरकारलाई सफल बनाऔँ। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेलिरहेको आरोप पनि लगाएका छन्। ‘उहाँ(देउवा जी)ले एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री दिन्छु भन्नुभयो। बरु ठुलो दलको पार्टीको नेतृत्वले सरकार बनाउन पाउँछ। कांग्रेस अन्तरविरोधमा खेल्न चाहिरहेको छ। हामी त्यसो हुन दिँदैनौँ,’ ओलीले भने।
सांसदहरूले सुझबुझ पूर्ण व्यवहार गर्नुपर्ने र रिसाउन नहुने ओलीले बताए। उनले भने, ‘सांसद आक्रोसित हुनुहुँदैन, सांसद रिसाउँनु हुदैँन। अनुचित कुरा बोल्ने छुट सांसदलाई छैन। विश्वासको मत दिने दिन समयमै उपस्थित हुनुहोला। संसदलाई फोहोरी खेल खेल्ने र दाउपेचको अखडा बनाउन नहुने ओलीको भनाइ छ।