मकवानपुरको मनहरी-९ ज्यामिरेमा एक बालकको घाँटीमा गु’च्चा अड्कि’एर मृ’त्यु भएको छ । शुक्रबार साँझ भारतको जम्भुकटुवा घर भएर हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको छोरा ५ वर्षीय राम दासले खेल्ने क्रममा गुच्चा मुखमा अड्का’एका थिए । बालकको घाँ’टीमा गुच्चा अ’ड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो ।
अस्पताल पुर्याउन साथ डाक्टरले बालकलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बालकको श’व अस्पतालमानै रहेको प्रहरीले जनाएको छ । यो पनि-दार्चुलामा तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी बे’पत्ता भएको केही समयपछि फेरि अर्काे घटना घटेको छ । ब्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा बिहीबार एक बालक तुइनबाट खसेर बेपत्ता भएका हुन् ।
तुइनबाट खसेर बालक बे’पत्ता भएपछि खोजीकार्य भइरहेको छ । बालकसँगै उनकी आमा पनि तुइन चढेर बिहीबार बिहान भारततिर खर काट्न गएकी थिइन् । तर, आमाको पछि–पछि गएका छोरा तुइनबाट नदीमा खसेर बेपत्ता हुन पुगे । सञ्चार सेवाको समस्याका कारण घटना शनिबार मात्रै थाहा हुन आएको हो ।