शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महरालाई कक्षामा पढाइ चलिरहेकै बेला पेट दुख्यो। शिक्षिका अम्बिका लम्साललाई पीडा सुनाइन्। शिक्षिकाले विद्यालयकै औषधिको बाकसमा रहेको सिटामोल दिइन्। सिर्जनाले औषधि खान पानी पनि मागिन्। नजिकै रहेको डिउको बोतल शिक्षिकाले हातमा थमाइन्। तर, खाएको केही समयमै सिर्जनालाई झनै गाह्रो भयो। शिक्षिकाले पानी हो भनेको बोतलबाट फरक गन्ध आएको थियो।
उक्त बोतल पानीको नभई स्प्रिटको भएकाले सिर्जनालाई झनै गाह्रो भएको र समयमा उपचार नपाउँदा निधन भएको उनका सहपाठी बताउँछन्। भन्छन्, ‘पानीको साटो स्प्रीट दिएकाले सिर्जनाको नि’धन भयो। समयमा अस्पताल पनि स्कुलले लगेन।’ सिर्जनाको अवस्था झनै बिग्रिन थालेपछि विद्यालयले अभिभावकलाई खबर गरेको थियो। स्कुलबाट अभिभावकलाई केही हुँदैन पेट दुखेर औषधि दिएको भन्दै स्कुलकै गाडीमा सिरहा नगरपालिका ११ स्थित घर पुर्याइयो। त्यतिबेलासम्म साँझ परिसकेको थियो।
सिर्जनाका परिवारले शिक्षिका र विद्यालयको लापरबाहीका कारण छोरीको ज्या’न गरेकाले दोषीलाई कारबाहीको माग गरेका छन्। मृ’तक सिर्जनाका बुबा धर्मेन्द्रले भन्छन्, ‘हामीलाई न्याय चाहिन्छ।’ यता प्र’हरीले घ’टनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। घ’टनाबारे जानकारी पाउनासाथ सिर्जनाको उपचार भइरहेको अस्पतालमै प्रहरी पठाएर छानबिन गरिरहेका थियौं। उपचारका क्रममा उनको ज्यान गएको छ,’ जिल्ला प्र’हरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने, ‘पीडित पक्षले कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको छ।
मुद्दामा ५ जना आरोपितमध्ये प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साललाई प’क्राउ गरिसकेको उनले जानकारी गराए। घ’टनाबारे थप अनुसन्धान भइरहेको उनले सुनाए। सिर्जनाले सेवन गरेको तरल पदार्थ जाँचका लागि ल्याब पठाइएको छ। शवलाई पो”स्टमार्टम गरी दाहसं”स्कारका लागि परिवारजनलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। विद्यालयको लापरबाहीका कारण सिर्जनाको मृ’त्यु भएको भन्दै आइतबार मिर्चैया बजार तनावग्रस्त थियो। उग्र भएका आन्दोलनकारीले टायर बालेर केही घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गराएका थिए।
सिर्जनाको अवस्था झन् खराब हुँदै गएपछि मिर्चैयास्थित एक क्लिनिकमा उपचारको लागि लगियो। त्यहाँ स्कुलका शिक्षकहरूलाई बोलाउँदा नआएको सिर्जनाका बुवा धर्मेन्द्र महरा बताउँछन्। त्यहाँबाट फेरी तत्कालै कर्जन्हाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका लागि लगियो। त्यहाँ सिर्जनाको उपचारकै क्रममा ज्यान गएको प्र’हरीले जनाएको छ। अस्पतालमा ल्याउँदा बिरामीको अवस्था नाजुक भइसकेको थियो। उनको आँखाको नानी स्थिर थियो। मुखबाट फिँज आइरहेको थियो।
फोक्सो ह्वाइट आउट लङ भएको थियो,’ मेमोरियल अस्पतालका प्रमुख डा. श्याम साहले भने, ‘बिरामीमा अक्सिजन पनि पास भएन। हामीले भ्याएसम्मको प्रयास गर्दा पनि बचाउन सकेनौं।’ यो पनि-सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्या”न गएको छ । श्रीमतीको ह’त्या गरेर श्रीमानले आत्मह’त्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्र”हार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृ”त्यु भएको हो ।
श्रीमतीको ह’त्या गरेपछि रानाले पासो लगाएर आत्मह’त्या गरेका हुन् । उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घ”टना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए । श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रैछ’ , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झु”ण्डिएको हो ।
नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले ह’त्याको रुप लिएको हो । पो”ष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ । शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृ’त अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घ’टनाको थप अनुसन्धान भइरहेको उनले बताए ।