वैदेशिक रोजगारीका क्रममा मलेसियामा ब’न्धक बनाइएका १३ नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको छ। सरकारको निर्देशनपछि मलेसियास्थित नेपाली दूतावसले उद्धार गरि उनीहरुलाई स्वदेश फर्काउन लागेको हो। जस अनुसार उद्धार भएकामध्ये आज ६ जना स्वदेश फर्किने भएका छन्। बाँकी ७ जना शुक्रबार फर्किने छन्। मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो।
समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझि तत्काल रिहाइ तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। दूतावासका अनुसार उद्धारपछि हाल उनीहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ। यो पनि-अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको ह”त्या गर्ने भारतीय सिरियल कि’लर परेका छन्।
श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको ह”त्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले प”क्राउ गरेको हो। उनले श्रींखलाबद्ध रूपमा यही पुष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीया योगमाया गैरेको ह”त्या गरेको जिल्ला प्र’हरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।
श्रीमतीसँग मिलेर ह”त्या गरेको सुसान्तले बताएपछि श्रीमती शितगंगा नगरपालिका-१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्र’हरीले प”क्राउ गरेको हो। सिंह दम्पत्तीलाई प्र”हरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रिजालले बताए।