टिकटकमार्फत् अनलाइन जुवा खेलाउने चार जना प”क्राउ


टिकटकमार्फत् अनलाइन जुवा खेलाउने चार जना प”क्राउ पर‍ेका छन्। प”क्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका-३ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुरको सुर्यविनायक नगरपालिका-१० घर भई सोही स्थान बस्ने २७ वर्षीय कपिल गिरी, मध्यपुर ठिमि नगरपालिका-६ घर भई नगरपालिकाको वडा नम्बर १ बस्ने २१ वर्षीय प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका-६ घर भई हाल मध्यपुर ठिमि- ६ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी -१ बस्ने २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन्।

एक महिना ६ दिनमा ९३ हजार २ सय १४ बराबरको रकम टिकटक लाइभ जुवा (तास) मार्फत् कारोबार गरेको देखिएको प्र”हरीले जनाएको छ। काठमाडौं उपत्यका भित्र केही व्यक्तिहरूले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई आफूले लाभ लिने उद्देश्य राखी टिकटक लाइभमार्फत् रकमको वाजी राख्न लगाई जुवा (तास) खेलाउने गरेको भन्ने सूचनाका आधारमा उनीहरूमाथि प्र’हरीले निगरानी राखेको थियो।

उनीहरूलाई उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

यो पनि-क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो। उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्ज”स्ती बला”त्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्र’हरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले प”क्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्र”हरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।