को हुन् ३५ वर्षदेखि जहाज उडाउँदै आएका पाइलट कमल केसी ?


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् । उनले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौँ घण्टा आकाशमा उडे। एक पटक पनि सामान्य दुर्घ”टनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो दु”र्घटना थियो । ‘

यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

यती एयरको दु”र्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ । विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो । यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो ।

त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो । सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।

पोखरामा आइतबार दुर्घ”टनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।