पाइलट श्रीमानको मृ’त्युपछि आफैं चालक बनेकी थिइन् सहचालक अञ्जु


यती एयरलाइन्सको सो विमान दु”र्घटनामा परेकी सहचालक हुन अञ्जु खतिवडा । करिब ४० वर्ष उमेरकी अञ्जुले यो विमान सह चालकका रूपमा उडाए पनि यती एयरलाइन्समा उनी क्याप्टेन नै थिइन्। हालै उनी कोपाइलटबाट क्याप्टेनमा पदोन्नति भएकी थिइन् । अञ्जुको पनि सायद लेखान्त ‘दर्दनाक’ थियो । उनले आफ्ना श्रीमान क्याप्टेन दीपक पोखरेललाई पनि सन् २००६ मा जुम्लामा भएको यती एयरलाइन्सकै अर्को विमान दु”र्घटनामा गु”माएकी थिइन् ।

‘श्रीमान श्रीमती दुवैजना आफैंले उडाएको विमान दु”र्घटनामा परेर अस्ताए’ आइतबारको पोखरा भएको दु”र्घटनामा ज्यान गु”माएकी कोपाइलट अञ्जुका सहकर्मी चालकले भने, ‘दुवैको लेखान्त यस्तै रहेछ । अञ्जु साह्रै मिलनसार र सहयोगी थिइन् । हामीले अझै विश्वास गर्न सकिरहेका छैनौं ।’ अञ्जुकी सहकर्मीका अनुसार सन् २००६ जुन महिनामा सुर्खेतबाट जुम्ला उडेको यती एयरलाइन्सकै १९ सिटे ट्वीनअटर विमान दु”र्घटनामा परेका अञ्जुका श्रीमान दीपक कोपाइलट थिए । त्यसबेला क्याप्टेन किरण मल्ल थिए ।

‘आइतबार पोखरामा जसरी अञ्जुले उडाएको विमान दुर्घटना भयो, १७ वर्षअघि जुम्लामा उनको श्रीमानले उडाएको विमान पनि त्यस्तैगरी दुर्घटनामा परेको थियो’ ती सहकर्मीले भने ।

आइतबार दु”र्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको श”व पहिचान खुलेको छ । मृ”त्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ। आफन्तहरु साक्षी बसेर श”वको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दु’र्घटना भएको थियो । विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रु सवार थिए ।

विमान दुर्घटनाको कारण खुलेको छैन। आजै विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले थप सहयोग गर्नेछ।