परिवार भेटेर कार्यालय फर्किएका कृषिप्रसार अधिकृत बाटैमा अस्ताए


पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घ”टनामा परि ज्यान गु”माएका मोहनप्रकाश श्रेष्ठ (प्रकाश) कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत हुन्। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार ३४ वर्षीय श्रेष्ठ परिवार भेटेर कार्यालय फर्कदै थिए। सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको सिग्देलले बताए। यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,’ उनले भने ‘साथमा रहेका कागजात र शवको पहिचान भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ।’

नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा सरुवा भएर म्याग्दी आएका थिए। ०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए। परिवारका सदस्य र साथीभाइले श्रेष्ठलाई प्रकाश भनेर चिन्दथे। उनले प्रकाश श्रेष्ठको नाममा जहाजको टिकट काटेका थिए। काठमाडौंमा बस्दै आएका परिवारका सदस्यलाई भेट्न श्रेष्ठ बिहीबार बिदा लिएर बेनीबाट गएका थिए।

‘लगातार बिदा परेकाले घरपरिवारलाई भेट्न काठमाडौ जानुभएको थियो,’ सिग्देलले भने ‘फर्केपछि अनुदानका लागि परेका आवेदनको फिल्ड भेरिफिकेसनमा जाने कार्यक्रम बनाएका थियौँ। दु”र्घटनामा परेको खबर पाएपछि कार्यालयका स्टाफ पोखरामा आएका छौँ। श्रेष्ठकी श्रीमति, ११ महिनाको छोरा, बुवा र आमा छन्। कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसुन्दर कुर्मीले असल राष्ट्रसेवक गु”माउनुपर्दा दुखित र स्तब्ध बनेको बताए।

आइतबार दु”र्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको श”व पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ। आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ। पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रु सवार थिए । विमान दु”र्घटनाको कारण खुलेको छैन। आजै विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दु”र्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले थप सहयोग गर्नेछ।