वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ। वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्। वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले बताए।

‘उहाँले यसअघि पनि बाहिर गएर धेरै पटक उपचार गर्नुभएको छ। अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन,’ उनले भने,‘अब उहाँसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्छ। नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ। काठमाडौं बाहिर पनि फाट्टफुट्ट कलेजो प्रत्यारोपण भएको छ। तर थोरै मात्रामा मात्रै प्रत्यारोपण भइरहेको छ।

यो पनि- पढ्नुहोस

पर्सा जिल्लामा अवैध हुण्डी करोबार बढ्दै गएको छ । प्रहरीले श्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँ सहित २ हुण्डी करोबारीलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षीय बिकाश साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी निवासी १९ वर्षीय सुवास कुमार साह छन् । मंगलबार दिउँसो जिल्ला प्र”हरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको घण्टाघरस्थित सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

प्र”हरीले उनीहरुमाथि शंका लागि चेकजाँच गर्ने क्रममा बीआर–५–एई ९३४३ नम्बरको भारतीय स्कुटरमा पछाडी बस्ने सुवास कुमार साहले बोकेको झोला भित्र १ हजार, ५ सय तथा १ सय दरका २२ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्र’हरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।