पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका लीला गिरीले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले ७ दलका सांसदहरुको विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री गिरीलाई नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्रीको विपक्षमा २८ मत परेको थियो ।
नेपाली कांग्रेस र जनमोर्चाले मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएनन् ।
यो पनि पढ्नुहोस
प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दु”र्घटनासम्बन्धी शोक पारित गरेको छ। बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गगरेका उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दु”र्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो।
दु”र्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो। यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार दिउँसो १ बजे बस्नेछ।