फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कु’टपिट भएको छ।बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हा’तपात भएको हो।
पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आ’क्रो’शित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो।खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आ’क्रोशित बनेका थिए।उनीहरूको कु’टाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी,
सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए। हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले ठुलो दु’र्घ’टना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्। अनुमति बिना खेल मैदानमा झारिएको हेलिकोप्टरलाई का’रबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताएका छन्। हेलिकोप्टर वालिङ ल्याउने युवालाई समेत कारबाही गरिने उनको भनाइ छ।
यो पनि पढ्नुहोस
उपसभामुखका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी सांसद समेत रहनुभएकी रानामगरले आज दिउँसो संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । आजै बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले उहाँलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरुबीच भएको भागबण्डाका आधारमा उपसभामुख पद रास्वपाले पाउने भएको हो ।
उम्मेदवारी दर्ताका क्रममा रानामगरलाई रास्वपाकै सांसद सोबिता गौतमले प्रस्ताव गर्नुभयो भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका अध्यक्ष एवं उपप्रधानमनत्री राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको छ । उभसभामुखका लागि भोलि शनिबार निर्वाचन हुँदै छ ।