प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको विमान दु’र्घटना


प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको विमान बुधबार बिहान दु”र्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृ”त्यु भएको छ। राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृ”त्यु भएको दु”र्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्। वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।

यसैबीच एउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन्।

यो पनि पढ्नुहोस

पाल्पामा गए राति टिपर दु”र्घटना हुँदा चालकको मृ”त्यु भएको छ। ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृ”त्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो। दु”र्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस