प्रेम आचार्यलाई सम्झिदै आमाले रुदै भनिन् कान्छो छोरो धेरै प्यारो थियो। प्रेमकी आमा बिलौना सुनौं


आ’त्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै बिहीबार समेत विरोध प्रदर्शन भएको छ । काठमाडौंको माईतीघर मण्डलामा बिहीवार पनि मृ’तक आचार्यका माग सम्बोधन गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले मृ’तक आचार्यका मागहरुमा सरकारले केवल औपचारिक भुमिका देखाए कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आ’त्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पु¥यायो ? भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप समेत लगाएका छन् ।

आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । प्रदर्शनकारीहरुले सरकारले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर अवैज्ञानिक निर्णय गरेको आरोप समेत लगाएका छन् । यस निर्णयले गाउँमा ट्याक्टर चलाएर खाने किसानहरुलाई झनै समस्या पैदा गर्ने उनीहरुको भनाई छ । सरकारले हचुवाको भरमा निर्णय गरेर घ’टनालाई ख्यालख्यालमा लिइ घटना लुकाउने प्रयास गरिरहेको आरोप उनीहरुको छ । सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी समेत उनीहरुको छ ।

प्रदर्शनकारीहरुले उद्यमशील नेपाल, नारा मात्र हो सरकार ? गरिखाने की मरिजाने ? भिसा देउ सरकार, खाडी जान्छु, दलालहरु होशियार, देशमै गरिखाने वातावरण बनाइदेउ सरकार लगायतका नारासहित प्रदर्शन गरेका थिए ।
https://youtu.be/C0ef5fv4YDI

यो पनि पढ्नुहोस
माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अनुसार माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।