सागर ढकाल भन्छन- गुलेली झन् तन्किएको छ । पुराना पार्टीहरुले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिदैन। हजारौं परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाँउबाट रोके अर्को ठाँउबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो सक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन।
हामी सबै युवाहरु सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् शसक्त र सजग भइ अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुदैन, हजुरहरु पनि अब प्रक्रिया पुर्याएर नेपाल फर्कनुस देश बनाउन आउनुस। संजोगबस आजै पुजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।
यो पनि पढ्नुहोस
यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोँचमा दु”र्घटना भएको यति एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० जहाज दु”र्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घ”टनापछि हराइरहेका एक यात्रु अजै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ ।
कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले राससलाई जानकारी दिनुभयो । चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो । विमान दु”र्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिनुभएको थियो ।