रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको सेतोपाटीलाई बताए। नागरिकता ऐनको दफा ११, नियमावलीको ११ बमोजिमका कागजात लिएर उहाँ आज कार्यालयमा आउनुभएको थियो। उहाँले नागरिकता लिइसक्नुभयो,’ उनले भने, ‘उहाँको नागरिकता पुन कायम भएको छ।’
नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ। ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ,’ उक्त नियमावलीमा भनिएको छ।
यही प्रक्रिया पूरा गरी रविले नागरिकता लिएका हुन्। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।
https://youtu.be/uUjXR05czR0
यो पनि पढ्नुहोस
बङ्गलादेशमा ५ सय ३२ जना विद्यार्थीले आत्मह”त्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो। १ सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले ३ सय ४० जना विद्यालयका छात्रछात्राले आत्मह”त्या गरेका बताए।
त्यस्तै १ सय ६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्मह”त्या गरेका थिए। विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए। विगत केही वर्षयता देशमा आत्मह”त्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरे।