‘नेपाली केटी’ एपबाट बैंक खाता रित्याउने प’क्राउ ( भिडियो सहित )


काठमाडौं । बैंक अकाउन्ट ह्याक गरी ठगेको आरोपमा प्रह”रीले एक भारतिय नागरिकसहित ८ जनालाई प”क्राउ गरेको छ । ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै ठगी गरेको आ”रोपमा प्रहरीले ८ जनालाई प”क्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीको अनुसार प”क्राउ पर्नेमा भारत बिहार प्रदेशका अवधेश कुमारसहित, पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोेष कुँवर र सप्तरीका दिलीप चौधरी रहेका छन् ।

उनीहरुको साथबाट नौं थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको उनले बताए । सुरुमा एक व्यक्तिको बैंक खाता ह्याक गरी ४ लाख रुपैयाँ विभिन्न व्यक्तिको नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको पाएपछि हामीले अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्,’ उनले भने । उनीहरुले २० जना भन्दा धेरैलाई ठगेको हुन सक्ने उनले बताए । ‘अहिले यसरी मोबाइल बैंकिङ्ग एप ह्याक भयो भनेर २० वटा जस्तो उजुरी छ, अझै अन्य पनि थपिने देखिएको छ,’ उनले भने ।

पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको पनि प्र”हरीले जनाएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/zh_TVCaxnNM

यो समाचार पनि पढ्नुहोस
गुल्मीमा एक जना भारतीय नागरिकको ह”त्या भएको छ । ह”त्यामा संलग्न भएको आरोपमा प्रह”रीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको ह”त्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे ।

बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्र”हार गरी ह”त्या गरेको बताएको प्र”हरीको भनाइ छ । दम्पतीले ह”त्या गरी शव नदीमा फालेका थिए । उक्त शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्र”हरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घ”टनाको अनुसन्धान गरेको थियो ।

श”व हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाे देखिएकाले शं”कास्पद लागेपछि घ”टनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले ह”त्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।