श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको ह”त्या, घ”टनास्थलबाट ‘सु-साइड नोट’ बरामद


राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । सात वर्षीया छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो उनमा रहने गर्थ्यो । भण्डारी पछिल्लो समय मानसिक रुपमा पनि केही ‘डिस्टर्ब’ जस्तो देखिने गरेको प्र”हरी अनुसन्धानबाट खुलेको छ । उनै भण्डारीले शनिबार शारिरीक रुपमा अशक्त सात वर्षीया छोरीको छु”रा प्र”हारबाट ह”त्या गरी आफूले पनि आत्मह”त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्र’हरीका अनुसार श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र हृदयविदारक दृश्य फेला परेको थियो । लगत्तै प्र”हरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो । जिल्ला प्र”हरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको ह”त्यापछि आ”त्मह”त्या गरेको देखिएको बताए ।

प्रहरीका अनुसार भण्डारीको श्रीमती र छ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घ”टनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्मह”त्या गरेको देखिएको प्र”हरीको भनाइ छ ।

उनले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए । घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घ”टनास्थलबाट भण्डारीको १ पन्ने सुसाइड नोट पनि फेला परेको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋणलगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्र”हरीले जनाएको छ । प्र”हरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पनि पढ्नुहोस
गुल्मीमा एक जना भारतीय नागरिकको ह”त्या भएको छ । ह”त्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रह”री कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । उनले बयानका क्रममा द”म्पतीले आरोप स्वीकार गरेको दाबी गरे ।

बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी ह”त्या गरेको बताएको प्रहरीको भनाइ छ । दम्पतीले ह”त्या गरी श”व नदीमा फालेका थिए । उक्त शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घ”टनाको अनुसन्धान गरेको थियो ।

श”व हेर्दा टाउको तथा निधारको भागमा गहिरो चो”ट लागेकाे देखिएकाले शं”कास्पद लागेपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शं”कास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्र”हरीको दाबी छ ।