अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दु’राचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।
जिल्ला अदालत नवलपरासी पूर्वले बला”त्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आ”रोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ । एक नाबालिग गायिकामाथि बला”त्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।
पढ्नुहोस
सौन्दर्य प्रतियोगिताका नाममा नाबालिगलाई जबर्ज”स्तीकरणी गरेको आरोप लागेका मनोज पाण्डे (मनोजकुमार जैसी)लाई मानव बेचबिखन मुद्दामा ७ वर्षको कैद सजाय सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्षको कैद सजायसहित ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।
यसअघि माघ १० गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बालयौन दुरु”पयोग र मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको थियो । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीलाई पाण्डेले होटलमा बोलाएर जबर्ज”स्तीकरणी गरेको भन्दै पीडितले सामाजिक सञ्जालबाट उक्त घटना सार्वजनिक गरेकी थिइन् ।