अर्घाखाँचीका एक युवकको सडक दु’र्घटनामा परि भारतमा मृ’त्यु भएको छ ।मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षिय सिदास भुसालको सडक दुर्घटनामा परि भारतको गुडगाँवमा मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ । कारको टक्कर बाट गम्भीर घा’इते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
लामो समयदेखि मृतक सिदासका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता भएको र बाथ, प्रेसर आदि रोगबाट ग्रस्त आमा मिनाकुमारी भुसालको उपचार एवं पालनपोषण समेतको समस्या टार्न उनी पढाइ छोडी रोजगारिको लागि केहि महिना अघि भारतमा गएर आमाको सहारा बनेका थिए ।