यो मायालु जोडीलाई कस्को आँखा लाग्यो ,आज यो अबस्था भयो , सृजनाले गरिन सहयोगको अपिल


टिकटकमा निकै नै चर्चित भएको यो मायालु जोडिलाई नचिन्ने सायद कमै छन् होला । यो हो सृजना सुबेदी र बिबेक पंगेनीको जोडी। उनीहरुले टिकटक मार्फत देखाइएको खुसी र रमाइलो त सबैले देख्या,ैँ तर यतिबेला उनीहरुले ब्यक्तीगत जिवनमा खेप्नुपरेको यो पिडाले सबैको मन दुखेको छ । सृजनका श्रीमान बिबेक यतिखेर जिवन र मृत्युसंग लडिरहेका छन् ।

,टिकटकमा आफ्नो श्रीमानलाई कहिले नाचो सिकाउने त कहिले श्रीमानसँग नाचेको भिडियो राखेर हजारौँको मनमा बस्न सफल यो जोडीलाई दैवको नजर लागेको जस्तै भएको छ। सबैलाई हसाउने यो जोडिको आफ्नै हाँसो खोसिएको छ । उनीहरुमाथी ठुलो बज्रपात परेको छ। भिडियोमा देखिएकी सिर्जना र अहिलेकि सिर्जनामा आकास पातालले फरक भएको छ।

उनको यो खुसि एकाएक आशुमा परिणत भएको छ । सिर्जना सुवेदीले आफ्नो श्रीमान तेस्रो स्टेजको ब्रेन ट्युमरका कारण अन्तिम अवस्थामा रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सहयोग गरिदिन अपिल गरेकी छिन। अध्ययनको सिलसिलामा अमेरिका पुगेको यो जोडीले एक दिन अचानक दुखद खबर सुने।

त्यो दुखद खबर थियो श्रीमान विवेक पंगेनीकी ममतामय आमाको निधन। उनीहरु हतारहतार आमाको अन्तिम काजकिरिया गर्न नेपाल आए। आमाको काजकिरिया सकेको एक महिनापछि अर्को दिन अमेरिका फर्किने दिन थियो विवेकको स्वास्थ्य अवस्थामा अचानक समस्या उत्पन्न भयो। भोलिको अमेरिका फ्लाइट आज अस्पतालबाट जुन रिपोर्ट आयो त्यसले सिर्जना र विवेकसंगै देखेका सपना चकनाचुर बनाई दियो। सामाजिक सञ्जाल फेसबुकमा सिर्जना लेख्छिन्, रोगसँग डराउनु भन्दा लड्नुनै बेस भनेर अमेरिका नै फर्किने निधो गर्यौँ।

अमेरिका आएपछि विवेकलाई इमर्जेन्सी अस्पतालमा भर्ना गरियो तर त्यहाँबाट आउने रिपोर्ट पनि उनीहरूका लागि सकारात्मक थिएन। फेबुकमा उनी लेख्छिन् आज सम्म कैयौं पटक रोइयो होला लाखौँ पटक दुःख देखियो भोगियो, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए आज थाहा भो हो रहेछ, आफ्नो पिडा आफै संग राख्नु पर्छ अरू सामु देखाउनु कमजोर हुनु हो सोच्ने गर्थे, कैयौं दुख पार गरियो हाँस्दै नाच्दै, भगवान संग कहिले गुनासो गरिन मैंले तर अब सोध्नु छ कि किन हामी?

एक माथी अर्को पिडा किन हामीलाई? कहिले काहीँ पिडा शब्द मा लेखेर न सकिने रहेछ। आफुलाई पिडा मिल्नु भन्दा बढी भयानक आफूले माया गरेको मान्छे लाई पिडा मा देख्नु हुने रहेछ,सात जुनी संगै काट्ने सपना देखेको मान्छे मेरो, मेरो लागी दुनिया संग लड्ने मान्छे अहिले आफ्नो जीवन को लागी लडिरहेको देखेको छु मैंले, सवैको भलो सोच्ने सवैको दुःख मा रूने मान्छे आज लाचार देखेको छु।

पछिल्लो ८ वर्ष मा हामिले एक अर्कालाई गरिएका वाचा, संगै देखेका हजारौं सपना आँखा अगाडी आइपुग्छन्, किन उसलाई यो सब भयो मलाई भाको भए म सहन सक्ने थिए बरु, सुनाउनु हुन्थ्यो आफुले सानै देखि भोगेका दुःख का कुरा हरू आफ्ना हार का कुरा हरू, एक दिन सुख पनी आउला नि भन्दै आफूले सकेको कोशिश गर्दा गर्दा कती पटक लड्नु भो उठ्नु भो,तर सपना देख्न छोड्नु भएन जिवन मा ठुला सपना थिएन उहाँको, दिन रात न भनि मेहेनत गरेर लामो समय पछि उच्च शिक्षा अध्यनका लागी य’ए;य आउने मौका मिलेको थियो

उहाँलाई,६ महिना अघि मात्र अध्यन क्रम मा यहाँ आएका थियौं। दुःख त गरुला तर अव त हाम्रो पनि सुख का दिन आउलान् नि भनेर एकअर्का को साहस बनेर अघी बढी रहेका थियौं, एक महिना अघी मात्र घर बाट खबर आयो उहाँको आमा रहनु भएन भनेर,एउटा सन्तान ले आमा गुमाउनु पिडा के हो त्यो गुमाउनेले जति हामिले बुझ्न सक्दैनौं, छिन् मा होस् छिन् मा विहोस् हुने भाको थियो उहाँको ,कसरी कसरी रुँदै कराउँदै नेपाल पुगियो, एक महिना को बसाई पछि आमा को सबै काम कृया सकेर हामी यता फर्किन लागेका थियौं,

अली बिसन्चो भाको ले उहाँलाई काठमाडौं चेकअप गर्न लगियो, अहीले डाक्ट÷ ले रिपोर्ट हात मा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ। आमा गुमाको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेज को ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्ने ले मात्र बुझ्छ, आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्का लाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ,नेपाल मा रिपोर्ट आको भोलि पल्ट को फ्लाईट थियो,

हिम्मत टुटी सकेको थियो केइ सोच्न सक्ने अवस्था मा थिएनौं,रात भरी रोएर अब हामी रोएर हुँदैन रोग संग लड्नु पर्छ जस्तो लाग्यो। हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँ मा उपचार गर्नु पर्छ भन्ने लाग्यो, जुन हालत मा नेपाल पुगेका थियौं त्यो भन्दा नाजुक हालत मा यहाँ आइयो, आउना साथ इम÷जन्;ीमा मा लगियो एमआ÷आइ बाट थाहा भो ट्य’म÷ को आधी मात्र निकाल्न मिल्ने ठाउँ मा रहेछ आधी न मिल्ने, भोली पल्टै सिरियस केस भनेर अपरेसन भयो, अपरेसन थिएटर लानु अघी म सकुसल निस्के भने नेपाल जाँदा रारा घुम्न जामला है भन्नु भो, मैंले हुन्छ

हिम्मत न हार्नु सारा संसार देख्न बाकी छ भने,करिब २ घण्टा पछि अप÷े;न सकियो। म भित्र जाँदा मेरो विवेक लाई जुन हालत मा चिचाई रहेको देखें त्यो म अहिले भन्न सक्दिन,ट्युमर बायोप्सी को लागी पठाएको छ, हर मिनेट हर सेकेण्ड तर्सिन्छौ हामी , भगवान ले सुन्नु भयो होला नि है अव त हाम्रो पुकार ???? आज सम्म कसैसँग सहयोग मागेको छैन तर आज म हजुर हरुसंग हात जोडेर सहयोग माग्छु ???? हजुरहरुले जे सक्नु हुन्छ जति सक्नु हुन्छ उहाँलाई बचाउनका निम्ति सहयोग गरिदिनु होला ???????? प्रार्थना गरिदिनु होला ????????

विदेश रहनु हुनेले सहयोग काे लागि gofund link हेरिदिनु होला

नेपाल मा रहनु हुनेले सहयोग काे लागी

eSewa Id: 9822577706 | swaraj shahi thakuri

Khalti I’d : 9848046213 | yubraj subedi

Bank: Machhapuchchhre Bank

A/C holder name: Yubraj Subedi

A/C number: 0540092366700011

Branch: Salyan

Donate

यो थियो बिबेक पंगेनीकी श्रीमती सृजना सुवेदीले लेखेको भावुक स्टाटस दर्शकबृन्द हाम्रो सानो सहयोगले यो जोडिको मुहारमा खुसि फर्किन सक्छ। बिबेक निको हुन सक्छन्। त्यसैले आफुले सक्दो सहयोग गरिदिनुहोला । नसक्नेले यो भिडियो सेयर गरेर भएपनि सहयोग गरिदिनुहोला ताकी सहयोग गर्न चाहनेहरु समक्ष याृे भिडियो पुगोस सहयोगका निम्ती स्कृनमा डिटेल दिइएको छ । संसारमा हरेक अलौकिक प्रेम जोडिहरुलाई परेका पिडादायी दुखहरु हामीले सुनेका छौं ।

चाहे राधाकृष्ण हुन वा रोमियो र जुलिएट । निस्वार्थ प्रेममा पर्नेहरुलाई भगवानले परिक्षा लिएकै हुन्छन् सायद । बिबेक र सृजनाको यो जोडिलाई भगवानले लिएको यो परिक्षा पनि सहज रुपमा उत्तिर्ण हुन सकुन, हामी सबैको साथ र शुभकामना यो मायाँलु जोडिलाई । बिबेक तिमीलाई सिघ्र स्वास्थ्य लाभको कामना, सृजनालाई यो पिडामा सहने र सामना गर्ने शक्ति प्राप्त होस शुभकामना ।

https://www.facebook.com/mechikalipage/videos/668125521667096