हात हल्लाउदै निस्किए पल शाह। पहिलो पटक पल शाहको बोलि सुन्नुहोस्, भावुक हुदै यसो भन्छन्


ज बर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । उनको स्वागतमा त्याहास्थित मानवसागर उर्लिएको छ । शाहका आफन्त, शुभचिन्तक, कलाकार देखि युटुव पत्रकारहरु त्यहाँ पुगेका छन् ।

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा हिजो आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाई दिएको थियो।

उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह पल शाहंलाई हिजो सफाई पाएसँगै शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएक हुन् । शाहका शुभचिन्तकहरुले उनी छुटेकोमा खुसि ब्यक्त गर्दै पल शाहको पक्षमा गित गाउँने र नाच्ने सम्म गरेका छन् । उक्त भिडमा बृद्ध देखी बच्चा सम्मको उपस्थिती रहेको थियो ।

अभिनेता शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै पिडित बालिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थीइन् ।

उक्त इजलासले शाहलाई बाल यौन दुरुपयोगमा २ बर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षेतीपूर्ति दिनुपर्ने फैसला गरेको थियो। उक्त फैसलाका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतका कायममुकायम मुख्य न्याायधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आज आइतबार बहस भएको थियो।

बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।