सुवास नेम्वाङका लागि भोट माग्न माधव नेपालकाे कार्यकक्षमै पुगे एमाले नेताहरू


 नेकपा एमालेका नेताहरु एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट्न उनकै कार्यकक्षमा पुगेका छन् । आज मध्यान्ह आलोकनगरमा रहेको एकीकृत समाजवादीका पार्टी कार्यालय पुगेर नेताहरुले नेम्वाङको पक्षमा भोट हाल्न अध्यक्ष नेपालसँग आग्रह गरेका थिए ।

राष्ट्रपतिको उम्मेदवार रहेका सुवास नेम्वाङका लागि भोट माग्न नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र निवर्तमान मन्त्री विमला राई पौडेल उनको कार्यकक्षमै पुगेका हुन् । उनीहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर वार्ता र छलफल चलेको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले छाडेर ८ दलीय गठबन्धनमा आबद्ध भएपछि एकीकृत समाजवादीले पनि सोही गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस नेता रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरिसकेको थियो । राष्ट्रपति निर्वाचनका लागि यही यही फागुन २५ गते निर्वाचन हुँदैछ ।