उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

मेचीकाली खबर
मेचीकाली खबर
१ चैत्र २०७९, बुधबार
शेयर

नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।

कांग्रेसले आउँदो वैशाख १० गते चितवन–२ मा हुने उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह समेत गरेको छ । प्रवक्ता महतले सरकारका विषयमा आजको बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताएका छन् ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।