सुन चाँदीको को भाउ घट्योः तोलाको कती ?


अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मुल्य आज भने केही घटेको छ ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको थियो ।