रवि लामिछाने रास्वपा संसदीय दलको नेतामा चयन्


राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्।

आज दिउँसो बसेको संसदीय दलको बैठकले लामिछानेलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको एक सांसदले जानकारी दिए।

यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो।

केन्द्रीय समिति बैठकपछि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। सरकारमा जाने की प्रतीपक्षमै बस्ने भन्ने कुराको बिषयमा शुक्रबार छलफल हुने भएको हो ।

आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ।