बैतडीमा एक किशोरको शव फेला


बैतडीमा एक किशोर मृत फेला परेका छन्।
सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ वर्षीय लक्ष्मण कुँवर मृत फेला परेको प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए। उनी सोही पसलभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।