राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन्।
शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचारविरूद्ध पार्टीको अभियान नरोकिने बताए। नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएका हुन्। नेता नभएर होइन।
पार्टी नभएर होइन। झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन। यो कुरा हामीले बुझेका छौं,’ उनले भने, ‘त्यसकारणले जतिसुकै घेराबन्दी हुन्। जतिसुकै मुद्दा चल्दै गरुन्। भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे। उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए।