राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डमा धमाधम सडक कालोपत्रे हुदै


एकदमै जिर्ण अवस्थामा रहेको राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्ड अन्तर्गत पर्ने सिरखोला–सात्ताले आसपासमा अहिले धमाधम सडक कालोपत्रेको काम हुन थालेको छ । उक्त सडकखण्डमा एकदमै कष्टकर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

बर्खायाममा पानिले बाटो हिलाम्मे हुदा समस्या हुने गरेको छ भने गर्मीयाममा धुलाम्मे सडकमा यात्रा गर्दा मान्छे नै चिन्न नसक्ने अवस्था रहेको छ ।सडकमा रहेका खाल्डाखुल्डिका कारण दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

अब सडक कालोपत्रेको काम पुरा भएमा कष्टकर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएर एकदमै सहज हुने अपेक्षा लिएको सवारी चालक तथा यात्रुहरुले बताएका छन । कालोपत्रेको काम हुन थालेको भन्दै यात्रुहरु खुसी समेत देखिन्छन ।