मोटरसाइकल दुर्घटना हुदा पाल्पामा चालकको ज्यान गयो : अर्का एक जना घाइते


पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर–२ का नरेश घर्ती मगरको ज्यान गएको हो ।

तानसेन तम्घास सडक खण्डको तानसेन–१४ जोर्ते नजिक अर्गलीमा भएको दुर्घटनामा घाइते भएका नवलपरासी सरावल गाउँपालिका–१ का प्रकाश थारूको मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थारु मोटरसाइकलको पछाडि बसेका थिए । गएराति लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।