१३ बर्षीय बालीकालाई सामूहिक बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शनिवार पश्चिम सुर्खेत घर भएकी बालीकामाथी सामुहीक वलात्कारमा संलग्न भएको आरोपमा प्रहरिले पाँच जनालाई पक्राउ गरेको हो ।
गत बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकाकालाई उनीहरूले फरक फरक ठाउँमा बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनावद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शनिबार बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
‘फरक–फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको र एक जना साथमा गएर बोलाउने काम गरेको भन्ने कुरा आरोपीहरूले स्वीकारेका छन्,’ उपरीक्षक थापाले भने, ‘एकै रात फरक–फरक ठाउँमा घटना भएकोले त्यसको विस्तृत अनुसन्धानमा प्रहरी लागेको छ ।’