अरिङ्गालकाे टाेकाईबाट जाजरकोटमा एकै घरका दिदिबहिनीकाे मृत्यु

Microlink Media

२४ आश्विन २०८०, बुधबार


अरिङ्गालकाे टाेकाईबाट एकै घरका दिदिबहिनीकाे मृत्यु भएको छ। मृत्यु हुनेमामा जाजरकोटकाे कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहको छोरीहरु तीन वर्षीया सुस्मिता र नौ महिनाकी निर्जला सिंह रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

हजुरआमा संग गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेपछि घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार  मृत्यु भएको र सुस्मिताको भने आइतबार बेलुकी नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष राेकाले बताए।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह पनि अरिङ्गालले टोकेर घाइते भएको र उनकाे अवस्था सामान्य रहेको डिएसपी राेकाले बताए।