नेपाली भूमिमा मोदीको सवारी

Microlink Media

२५ आश्विन २०८०, बिहिबार


नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नेपाली प्रशासनलाई कुनै आधिकारिक जानकारी नगराइएको पाइएको छ। कैलाश पर्वतको दर्शनका लागि उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने छन् । तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले त्यसबारेमा आधिकारिक नभएको जानकारी दिइन् ।

‘हामीले पनि आउँदै हुनुहुन्छ भन्ने सुनेका छौँ तर आधिकारिक कुनै जानकारी छैन’, उनले भनिन् ‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन ।’ बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँमा मोदीले भ्रमण गर्ने मात्र नभई त्यहाँका ३० जना स्थानीयवासीसँग भेटघाट र छलफल गर्ने कार्य तालिका रहेको छ ।

यस विषयमा पनि कुनै जानकारी नगराइएको सिडिओ जोशीले बताइन् । भारतीय प्रधानमन्त्री आउने भन्ने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाएका हौँ’ उनले भनिन्, ‘त्यसबाहेक अन्य धेरै जानकारी छैन ।’