नेविसंघले जलायो राजीनामा माग गर्दै गृहमन्त्री लामिछानेको पुत्ला


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ लामिछानेको पुत्ला दहन गरेको छ ।

विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरेर लामिछानेको पुत्ला दहन गरेको हुन् । सथै उनीहरुले लामिछानेको राजीनामा माग समेत गरेका छन् ।