साताकाे अन्तिम दिन पनि बढ्यो सुनचाँदीको मूल्य, नयाँ रेकर्ड कायम

Microlink Media

२५ जेष्ठ २०८१, शुक्रबार


दिनहुँजसो बढिरहेको सुनको मूल्य साताको साताको कारोबारको अन्तिम दिन अर्थात आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैँया बढेर रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार १ लाख ४४ हजार रुपैयाँमा बिक्रि भएको  छापावाल सुनको मूल्य बढेर १ लाख ४५ हजार रुपैयाँ पुगेको हो । त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ५० रुपैँयाले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ ।