रसुवा भोटेकोशी बाढीमा ५४७ जनाको शव ,४ हजार ४७३ प्रहरी परिचालन, २५७ जनाको उद्धार


काठमाडौँः रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा खोजी कार्यका लागि नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ ।

प्रहरीका अनुसार हालसम्म ४ हजार ४७३ जना प्रहरी उद्धार तथा खोजी कार्यमा परिचालित छन् । बाढीमा ४५७ जनाको शव फेला परेको छ भने १ हजार ४७३ जना घाइते तथा उद्धार गरिएका छन् । यस्तै, २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जना मृत फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४०, गोरखामा ६६, नुवाकोटमा ३२, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जना रहेको विवरणमा उल्लेख छ ।

घाइते तथा उद्धार गरिएकामध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ९४ जना रहेको छ ।